मा प्रकाशित
दाङ, १२ मङ्सिर ।
सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । आज मंगलबार तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यसअघि हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदी तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि अहिलेसम्मकै महँगो हो ।