सातबटै प्रदेशका गृहमन्त्री काठमाडौँमा – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

सातबटै प्रदेशका गृहमन्त्री काठमाडौँमा

    मा प्रकाशित

दाङ, १२ मङ्सिर ।
प्रहरी समायोजनको माग लिएर सातवटै प्रदेशका गृहमन्त्रीहरु काठमाडौँ पुगेका छन् । प्रदेश गृहमन्त्रीहरुको प्रहरी समायोजनको माग गर्दै संयुक्त रुपमा प्रधानमन्त्री प्ष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

सातै प्रदेशका गृहमन्त्रीहरुलेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिंहदरबारमा दिउँसो २ बजे संयुक्त रुपमा भेटघाट गर्ने छन् भने दिउँसो साढे तीन बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्ने कार्यक्रम तय भएको गृहमन्त्रालयले जनाएको छ । प्रदेश सरकारले लामो समयसम्म पनि प्रदेश प्रहरी गठन हुन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारको गुनासो रहेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्