दाङ उवासंघले जिल्लाको विकासका बारेमा छलफल चलाउने – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

दाङ उवासंघले जिल्लाको विकासका बारेमा छलफल चलाउने

    मा प्रकाशित

दाङ, १२ मंसिर ।

दाङ जिल्ला उद्योग बाणिज्य संघले समग्र जिल्लाको विकासका बारेमा छलफल चलाउने भएको छ । संघको मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लाको बिकास संग सरोकार राख्ने बहु आयामिक परियोजना औद्योगिक क्षेत्र, भालुबाङ देखि तुलसीपुर सम्म को सडक बिस्तारको काम र दाङमा एरपोर्टको बिषयमा साझा एजेण्डा बनाउन यहि मंसिर २० गते सर्बदलिय सर्बपक्षिय भेला गर्ने निर्णय गरेको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।

भेला संघको हलमा आयोजना गरिने भएको छ । भेलामा जिल्ला भरिका स्थानीयपालिका, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, जिल्लामा क्रियासील सम्पुर्ण राजनितिक दल, नागरिक समाज तथा सरोकार वाला संघ संस्थाहरुको सहभागितामा छलफल आयोजना गर्ने भएको छ ।

बैठमा नेपाल उद्योग बाणिज्य महासंघको निमन्त्रणामा सहभागी हुन काठ्माण्डौ गएको बेला विभिन्न उद्योग बाणिज्यसंघहरु र महासंघ सँग भएका विभिन्न अन्र्तक्रियात्मक छलफलको पनि समीक्षा गरी ती उधोग बाणिज्य संघहरु र महासंघलाइ धन्यबाद ज्ञापन पनि गरेको छ । बैठक संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्