मा प्रकाशित
तनहुँ, १३ मङ्सिर ।
तनहुँमा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका हुन् ।
धरानबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।