काङ्ग्रेस नेता तथा सांसद आचार्य राहत सामग्रीसहित जाजरकोटतर्फ प्रस्थान – Kanika Khabar
Monday, February 16Nepali News Portal

काङ्ग्रेस नेता तथा सांसद आचार्य राहत सामग्रीसहित जाजरकोटतर्फ प्रस्थान

    मा प्रकाशित

काठमाडौं, १३ मङ्सिर ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद मोहन आचार्य राहतसामग्री सहित जाजरकोटतर्फ प्रस्थान गरेका छन् ।

केन्द्रीय सदस्य एवं संघीय सांसद इन्जिनियर मोहन आचार्य नेतृत्वको टोलीले भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा राहत सामग्री वितरण गर्नुका साथै घरटहरा निर्माण गर्न स्थानीयलाई सघाउने छ।

नेपाली काङ्ग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी घरटहरा बनाउन पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको थियो।

काङ्ग्रेसले पहिलो चरणमा एक हजार अस्थायी घरटहरा बनाउने छ। यसका लागि काङ्ग्रेसका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूलाई परिचालन गरिने काङ्ग्रेसले जनाएको छ।

एउटा समूहमा १० जना रहने गरी काङ्ग्रेसले २५ समूह बनाएको छ। प्रत्येक समूहमा कम्तीमा एकजना निर्माणसम्बन्धी विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहने व्यवस्था काङ्ग्रेसले गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्