दाङ, १४ मङ्सिर ।
वीर हस्पिटलका निर्देशक डा. सन्तोष पौडेल राजनीतिक पार्टीमा क्रियाशील रहेको थाहा भएपछि निर्वाचन आयोगले कारवाहीको लागि सिफारिस गरेको छ । आयोगले डा. पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि सिफारिस गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै आयोगले उजुरीको आधारमा कारबाहीको लागि सिफारिस गरेको छ ।
डा. पौडेल नेकपा एमालेको सदस्य तथा सो दल सम्बद्ध जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका महासचिव रहेको उजुरी परेको थियो। नेपाल सरकारबाट नियुक्त डा. पौडेल दलको सदस्य र जनसङ्गठनको पदाधिकारी रहेकोले गत असारमा कारबाहीको माग गर्दै उजुरी परेकोमा आयोगले छानबिन गरेको थियो।



