जाजरकोट, १४ मङ्सिर ।
गत कात्तिक १७ गते जाजरकोटकाे रामीडाँडा केन्द्रबिन्दु भएर गएकाे भूकम्पबाट घरबासबिहीन भई पालमूनि बस्दै आएकी एक बालिकाको मृत्यु भएकाे छ । जिल्लाकाे कुशे गाउँपालिकामा वडा नम्बर १ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर हिजो बुधबार मृत्यु भएको हो ।
गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको थियो ।
भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।