एम्नेस्टी नेपालकाे ३२ ओैँ साधारणसभा दाङमा, सञ्चारमन्त्री शर्मा र काङ्ग्रेस महामन्त्री शर्माले सम्बाेधन गर्ने – Kanika Khabar
Monday, February 16Nepali News Portal

एम्नेस्टी नेपालकाे ३२ ओैँ साधारणसभा दाङमा, सञ्चारमन्त्री शर्मा र काङ्ग्रेस महामन्त्री शर्माले सम्बाेधन गर्ने

    मा प्रकाशित

दाङ, १४ मङ्सिर ।

एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल)काे ३२ ओैँ साधारणसभा भाेलि र पर्सि दाङकाे घाेराहीमा हुने भएकाे छ । आज बिहीबार दाङकाे घाेराहीमा पत्रकार सम्मेलन गरी साधारणसभाकाे तयारीका विषयमा जानकारी दिइएकाे हाे ।

साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र केही संस्थागत नीतिहरूमाथि छलफल गरी पारित गर्ने बताइएकाे छ । साधारणसभाले संस्थाको सदस्यता र गभर्नेन्सको संरचना र प्रक्रियालाई पुनर्परिभाषित तथा परिमार्जन गर्ने उद्देश्यले संस्थाको विधान र नियमावलीहरू संशोधनको प्रस्तावमाथि पनि छलफल र मतदान गर्ने पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

`यस संस्थाको नेतृत्वले यस वार्षिक साधारणसभा भन्दा महिनौं अगाडीदेखि संस्थाको मानवअधिकार सक्रियतालाई अझ प्रभावकारी बनाउनको निम्ति एम्नेस्टी इन्टरनेसनल नेपालको अभियानलाई पुनर्संरचना गर्ने ढाँचामा काम गरेको थियो। दाङमा हुने ३२ औं साधारणसभामा उपस्थित हुने एम्नेस्टी नेपालका प्रतिनिधि सदस्यहरूको वार्षिक साधारण सभाले उक्त ढाँचालाई बलियो बनाउने र नेपालमा एम्नेस्टी अभियानलाई थप सबल, समावेशी, विविधतायुक्त, सहभागितामूलक र लोकतान्त्रिक बनाउन निर्देशन दिने लक्ष्य राखेको छ।´ अध्यक्ष विपिन बुढाथोकीले बताए ।

साधारण सभाको उद्घाटन सत्र भाेलि शुक्रबार घाेराहीस्थित होटल माला इनमा हुने बताइएको छ ।

उद्घाटन समारोहलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र प्रतिनिधि सभाका सदस्य एवं नेपाली काँग्रेसका महामन्त्री माननीय विश्वप्रकाश शर्माले सम्बोधन गर्ने भएका छन् ।
साथै लुम्बिनी प्रदेश सरकारका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, दाङका स्थानीय नागरिक समाजका सदस्य, पत्रकार एवं एम्नेस्टी नेपालका सदस्य तथा समर्थकहरूको सहभागिता रहने भएकाे छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्