मकवानपुरमा माेटरसाइकल दुर्घटना, एकै परिवारका तीनजनाकाे मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

मकवानपुरमा माेटरसाइकल दुर्घटना, एकै परिवारका तीनजनाकाे मृत्यु

    मा प्रकाशित

मकवानपुर, १४ मङ्सिर ।
मकवानपुरमा माेटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीनजनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे मकवानपुरगढी गाउँपालिका–२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीनजनाको मृत्यु भएकाे हाे । ।

मृत्यु हुनेमा मकवानपुरगढी–२ का ३५ वर्षीय भीमबहादुर स्याङतान, उनकी श्रीमती ३४ वर्षीया रुपा स्याङतान र पाँच महिने छाेरीकाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आज बिहीवार दिउँसो अनियन्त्रित भएर धवाडी पुल छेउमा दुर्घटना भएको हाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्