पेट्रोलियम पदार्थको मूल्य घट्यो – Kanika Khabar
Friday, February 23Nepali News Portal

पेट्रोलियम पदार्थको मूल्य घट्यो

    मा प्रकाशित

दाङ, १४ मङ्सिर ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भोलि शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आज बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल २ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्