दाङ । नेपाल रेडक्र सोसाइटी घोराही उपशाखा दाङको आयोजनामा आजदेखि घोराहीमा प्राथमिक उपचार तालिम सुरु भएको छ ।
घोराही उपशाखा सभापति थम्मन चौधरी तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा भएको तालिम उदघाटन कार्यममा वोल्ने वक्ताहरुले समुदायमा हुने घाउको चोट तत्कालै उपचार सेवा प्रदान गर्न तालिम सहयोगी वन्ने वताएका थिए ।
साथै उनिहरुले विरामी वा घाइतेको अवस्था थप विग्रनबाट वचाउन तालिम महत्वपुर्ण हुने वताएका थिए । कार्यक्रममा वोल्दै दाङ जिल्ला सभापति मदन गौतम, प्रशिक्षक प्रकाश श्रीवन्द उपसभापति सावित्रा राना र सचिव इन्द्र वहादुर वुढाथोकीले विपदको समयमा हुने चोटपटक घाइतेको तत्कालनै प्राथिमिक उपचार सेवा प्रदान गर्न यो तालिम सहयोगी वन्ने वताउनुभएको थियो ।
तालिममा उपशाखाका कार्यसमितिका पदाधीकारी सहित शिक्षक नायक, विद्यार्थी, चालक र स्वास्थ्यकर्मी सहित २४ जनाको सहभागीता रहेको छ । तालिममा प्राथिमिक उपचार, घाइतेको जाँच, वेहोसी, स्वासप्रस्वास समस्या,रक्त चाप, टाउको र मेरुदण्डको चोट, घाउ चोटपटक, घइतेको वसार पसारका विषयमा प्रशिक्षण दिइने छ ।
तालिमका प्रशिक्षकहरुमा प्रकाश श्रीवन्द, सुस्मा भण्डारी, विश्राम भण्डारी र खेमराज विश्वकर्मा हुनुहुन्छ । तालिम मंसरी १८ गते सम्म सञ्चालन हुने छ ।