शिव राज खनाल
दाङ १७ मंसिर
दाङको देउखुरीमा आइतबार देखि लमही जेसिजको आयोजनामा साताव्यापी रुपमा जेसिज सप्ताह सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रत्न प्रसाद श्रेष्ठले जेसिजको आस्था नै लोकतन्त्रको मूल मन्त्र भएकाले विधिको शासनलाई व्यावहारिक रुपमा गाउँदेखि केन्द्रसम्म लागू गर्न सबैको सामूहिक एकता र प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो । ” अहिलेका युबा देशका कर्णधार हुन जेसिजकै माध्यम बाट निखारिदै सत्यबाटोमा लाग्दै देश लाई परिबर्तन गर्न अगाडि बढन जरुरी छ ” – श्रेष्ठले भने ।
जेसिज बर्ष २०१७ का अध्यक्ष वसन्त कुमार भण्डारीले जेसिज हप्ताह जेसिजको एउटा पर्बको रुपमा मनाउने गरिएकाले यस अबसरलाइ हर्ष उल्लासका साथ मनाउन सबै लाई शुभकामना ब्यक्त गरे । रोटरी क्लबका अध्यक्ष केसब घिमिरेले जेसिजले युवाको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले जेसिजको आस्था र श्रद्धाले समाज रुपान्तरण गर्न सकिने कुरामा जोड दिएका थिए ।
त्यस्तै भोलि १८ गते सप्ताहको दोस्रो दिन रक्त दान कार्यक्रम आयोजना गरिएको छ । १९ गते तेस्रो दिन कृषि बिमा सचेतना तथा माटो परिक्षण , २० गते चौथो दिन बक्तित्व कला , २१ गते पाचौं दिन श्लो बाइक कम्पिटिसन ,२२ गते छैटौं दिन माइनोट लेखन तालिम , र २३ गते अन्तिम दिन लमहीको ग्रीनपार्कमा कार्यक्रमको समापन गरिने लमही जेसीजकि कार्यकारिणी उपाध्यक्ष निर्मला चौधरीले जानकारी दिइन ।
लमही जेसिज २०२३ का अध्यक्ष फणाधर शर्मा ढकालको अध्यक्षता , राप्ती अञ्चल संयुक्त ट्रक व्यावसायि समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको प्रमुख आथित्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो । मनोरञ्जन संयोजक गिता चौधरी स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण लमही जेसिजका महासचिव अशेष न्यौपानेले गरेका हुन ।


