प्रतिष्ठान स्वास्थ्यकर्मी कर्मचारी समाजको कार्यसमिति बिस्तार – Kanika Khabar
Monday, February 16Nepali News Portal

प्रतिष्ठान स्वास्थ्यकर्मी कर्मचारी समाजको कार्यसमिति बिस्तार

    मा प्रकाशित

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक, कर्मचारी र नर्सिङ सम्मिलित प्रतिष्ठान स्वास्थ्यकर्मी कर्मचारी समाजको आज बैठक सम्पन्न भएको छ ।

प्रतिष्ठानमा बसेको औपचारिक बैठकले एमजिडिपि डा. उमाकान्त तिवारीको नेतृत्वमा गठित समितिलाई विभिन्न विभागबाट प्रतिनिधि समेटेर पूर्णता दिने निर्णय गरेको छ । तिवारी नेतृत्वको समितिलाई वैधानिकता दिन हाडजोर्नी विशेषज्ञ डा. बिकास न्यौपानेलाई जिल्ला प्रशासनमा संस्था दर्ता गर्ने गरी विधान तयार गर्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले समाजको उपाध्यक्षमा शाखा अधिकृत रमिता गौतमलाई उपाध्यक्ष र सदस्य सचिवको जिम्मेवारीमा आईटी अफिसर हिरालाल भण्डारीलाई सर्वसम्मत चयन गरेको छ । बैठकले कर्मचारी, चिकित्सकको पेसागत हक हितका लागि उक्त समिति गठन गरिएको अध्यक्ष तिवारीले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्