मन्त्रीपरिषद्मा हेरफेर हुँदैन : प्रधानमन्त्री दाहाल – Kanika Khabar
Friday, February 23Nepali News Portal

मन्त्रीपरिषद्मा हेरफेर हुँदैन : प्रधानमन्त्री दाहाल

    मा प्रकाशित

काठमाडौँ, १७ मङ्सिर ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्मा कुनै हेरफेर नहुने बताएका छन् । जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्रीले सञ्चारकर्मीको जिज्ञासाबारे स्पष्ट पार्दै अहिले नै मन्त्रीपरिषद्मा कुनै हेरफेर नहुने बताएका हुन् ।

जवाफमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको बताए । प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्