दाङको राजपुरमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो – Kanika Khabar
Thursday, December 12Nepali News Portal

दाङको राजपुरमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

    मा प्रकाशित

No description available.शिव राज खनाल
दाङ १७ मंसिर

आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सोही अनुसार दाङको राजपुर गाउँपालिकामा पनि ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’ मूल नारासहित अपाङ्गता दिवस मनाइएको हो ।

दिवसको अवसरमा गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता भएका व्यक्तिको क्षमता अनुसारको कार्यक्रम ल्याउदै स्वरोजगार बनाउने प्रतिवद्धता ब्यक्त गरिन । ‘तपाईंहरुमा पनि समाज परिवर्तन गर्न सक्ने क्षमता छ, तपाईंको जीवनस्तरमा सुधार ल्याउन सीप र क्षमता अनुसार गाउँपालिकाले पहल गर्ने छ ।’ यादवले भनिन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेयले अहिले गरेको वर्ग विभाजन अनुसार केही कुरामा दुबिधा देखिएको ठाउँमा गाउँपालिका द्वारा कार्यबिधि परिमार्जन गरी त्यसको समाधानतर्फ लाग्ने प्रतिवद्धता व्यक्त गरे । ‘यहाँ पनि अन्य पालिकामा जस्तै क,ख,ग,घ जस्ता वर्गमा विभाजन गरिएको छ तर कसैको वर्ग तलमाथि भएको गुनासा हामीले सुन्ने गरेका छौ, त्यसलाई पालिकाभित्रै बाट कार्यबिधि परिमार्जन गरी समाधान गर्न सुझाने छौँ ।’  पाण्डेयले भने ।

कार्यक्रममा बोल्दै अपाङ्ग सञ्जाल राजपुर गाउँपालिकाका सहसचिव तारा परियारले अपाङ्गता भएका व्यक्तिहरुलार्इ अझै पनि राज्यले अपहेलना गरेको बताए ।

सोही अबसरमा गाउँपालिका स्तरीय घैटाफोर र कुर्सी दौड प्रतियोगिता खेलको समेत आयोजना गरिएको थियो ।

कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखाका दुर्गा यादवले गरेका थिए । कार्यक्रम मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रको समन्वय र गाउँको आयोजनामा सम्पन्न भएको हो ।

हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरुको समावेशिताका लागि दिवस मनाउने गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्