पार्टी प्रवेशको लहरले पश्चिम दाङको पहिचान देशैभर चिनाएको छः मन्त्री मास्की – Kanika Khabar
Friday, February 23Nepali News Portal

पार्टी प्रवेशको लहरले पश्चिम दाङको पहिचान देशैभर चिनाएको छः मन्त्री मास्की

    मा प्रकाशित

तुलसीपुर, १७ मंसिर ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले पार्टी प्रवेशको लहले पश्चिम दाङको पहिचान देशैभर चिनाएको बताएका छन् । उनले पश्चिम दाङ सक्षम रहेको सन्देश देशैभर फैलिएको समेत उनले बताए ।

साथै उनले एकताले मात्रै पश्चिम दाङको विकास हुने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ सम्झना टोलमा भएको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पश्चिम दाङमा एकताबद्ध भएर जनताले साथ दिएमा छोटो समयमै विकासले फड्को मार्ने बताएका छन् । पश्चिम दाङमा आफू मन्त्री भएपछि सडक, पुल,लगायत अन्य पूर्वाधारकालागि थुप्रै बजेट आएको भन्दै त्यसको कार्यान्वयनको चरण अघि बढिसकेको बताए ।
साथै उनले सबै एकजुट भएर साथ दिएमा ‘कर्णाली’ उपनामले चिनिने पश्चिम दाङलाई सुगम दाङ बनाउने समेत बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेको मन्त्री मास्कीले आफू पश्चिम दाङको विकासकै लागि भनेर लागेको भन्दै यसमा जनताको साथ अनिवार्य रहेको बताए । उनले अहिले जनताले दिएको साथले नै धेरै विकासका कामहरु अगाडी बढाउन सफल भएको भन्दै यो साथ निरन्तर दिनुपर्ने समेत बताए । पश्चिम दाङले सक्षम नेतृत्व नपाउँदा नै पछि परेको भन्दै अब त्यसो नहुँने समेत बताए ।

साथै उनले एकतामा मात्रै बल भएको बताएका छन् । पार्टीले पछिल्लो समय बनाएको समाजवादी मोर्चा बाम्पन्थी र क्रान्तिकारीहरुको एकताको सुरुवात भएको समेत उनले बताए । पश्चिम दाङमा पनि पूर्व माओवादी तथा क्रान्तिकारी बाम शक्तिहरु माओवादीमा गोलबद्ध भएको समेत बताए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्