तुलसीपुर,१८ मंसिर ।
हमाल परिवारद्वारा मानवसेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई ब्ल्याङकेट सहयोग प्रदान गरेको छ ।
नेपाली काग्रेसका तुलसीपुर नगरसभापति तथा युवा व्यवसायी सुरेश हमालको अगुवाईमा आफ्नो स्वर्गीय आमा पशुपती हमाल, सासु आमा जनकदेवी शाह तथा स्वर्गीय ससुराबुबा जयपृथ्बीबहादुर शाहको सम्झनामा २५ थान ब्ल्याङकेट सहयोग गरिएको हो ।
चिसो मौसम सुरु भैसकेको र आश्रममा रहेका नागरिकहरुको स्वास्थ्यलाई ध्यान दिदै हमाल परिवारले तातो कपडा सहयोग गरेको नेता सुरेश हमालले जानकारी दिएका छन् । सो अबसरमा दुई क्यारेट फलफुल समेत बितरण गरिएको रेखा शाह हमालले जानकारी दिएका छन् । यसअघि पनि हमाल परिवारले सो आश्रममा सहयोग गर्दै आएको छ ।


