दाङ, १८ मङ्सिर ।
दाङकाे लमही-घाेराही सडक खण्ड दुई दिन अवरुद्ध हुने भएकाे छ । लमही-घाेराही सडक खण्डको मसोट खोला उकालोमा सडक मर्मत गर्नुपर्ने भएकोले मङ्सिर १९ र २० गते सडक अवरुद्ध हुने सडक डिभिजन कार्यालय दाङले जनाएको हाे ।
लमही-घाेराही सडक खण्डको मसोट खोला उकालोमा सडक मर्मत गर्नुपर्ने भएकोले भाेलि मङ्गलबार र पर्सि बुधबार वैकल्पिक सडक अर्जुनखाेला अमिलिया हुँदै तुलसीपुर घाेराही रूट प्रयाेग गर्न डिभिजन कार्यालयले अनुराेध गरेकाे छ ।
बिहान ६:०० बजेदेखि ९ :०० बजेसम्म, दिउँसो ११:०० बजेदेखि ३:००बजेसम्म र बेलुकी ५:००बजेदेखि ७:०० बजेकाे समयमा सडक मर्मत कार्य हुने भएकोले साे समयमा वैकल्पिक सडक प्रयाेग गर्न कार्यालयले अनुराेध गरेकाे छ ।


