बाल क्लबमा लागेका युवाहरु ४० वर्षमुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्छ : अध्यक्ष तिमिल्सिना – Kanika Khabar
Monday, February 16Nepali News Portal

बाल क्लबमा लागेका युवाहरु ४० वर्षमुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्छ : अध्यक्ष तिमिल्सिना

    मा प्रकाशित

काठमाडौं, १९ मङ्सिर ।

बाल क्लबमा लागेका युवाहरु ४० वर्ष मुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्नेमा आफु विश्वस्त रहेको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताएका छन् ।
बाल क्लबमा आवद्ध भएर लिएको सफल नेतृत्व देश विकासको मुलआधार बन्न सक्ने अध्यक्ष तिमिल्सिनाले बताएका हुन् ।

बाल क्लबमा आवद्ध भएर लिएको सफल नेतृत्व देश विकासको मुलआधार बन्न ४० वर्ष भित्र नै देशको प्रधानमन्त्री हुन जरुरी भएकाे अध्यक्ष तिमिल्सिनाले बताएका छन् ।
आजबाट काठमाडौमा सुरु भएको बाल क्लबका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा बाेल्दै अध्यक्ष तिमिल्सिनाले नेपाली युवाहरुलाई विदेश जानबाट रोक्नका लागि बाल क्लबमा लगानी बढाउन आवश्यक रहेको बताए । ‘बालबालिकामा लगानी बढाउन सकियो भने देशमा दक्ष जनशक्ति उत्पादन गर्न सकीन्छ भन्ने बालक्लवका पूर्वसदस्यहरुको यो भेलाले सरकारलाई सन्देश दिएको छ ।’ उनले भने, ‘देश विकासको मेरुदण्ड युवा दक्ष जनशक्ति हुन, ति दक्ष जनशक्ति उत्पादन गर्न सरकारले घरघरमा शिक्षा, स्वास्थसहित लगानी गर्नुपर्ने, साथै बालक्लवमा लगानी बढाई बालबालिकालाई संगठित गरिनुपर्ने छ ।’

अहिले पनि बालबालिकालाई श्रममा लगाउने, पिट्ने अवस्था छ, सरकारले पर्याप्त लगानी सर्न सकेको छैन, जलवायु परिवर्तनको क्षतिपुर्ति दिदाँ पनि बालबालिकालाई प्राथमिकता दिन उनले जोड दिए ।

बालबालिकालाई प्राथमिकतामा राखि काम गर्न सरकार प्रतिवद्द रहेको राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानियाँले बताए । अहिले पनि बालबालिका विभिन्न हिंसा दुव्र्यवहारका कारण पीडित भइरहेका छन त्यसलाई अन्त्य गर्न बालक्लवका पुर्वसदस्यहरुसँग सहकार्य गर्न सरकार प्रतिवद्ध रहेको उनले जानकारी दिए । सन्देश प्रवाह गर्न र सोही अनुसार सुचना प्रवाहको रुपमा पनि बालक्लवका पूर्व सदस्यहरुले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
बालअधिकार प्रर्वधन गर्न साथै बाल क्लबमा लगानी बढाइ देशमा दक्ष युवाशक्ति उत्पादनमा योगदान गर्न युनिसेफ तयार रहेको युनिसेफका सोसल पोलिसी विभाग प्रमुख उषा मिश्रले बताइन्। उनले भनिन्,‘बालबालिकामा गरिएको लगानीले सुन्दर भविष्य बनाउँछ, यसका लागि युनिसेफ सधैं तयार छ । आज नेपालमा जनसंख्याको लाभाँसको रुपमा रहेको युवाहरुको लागि देशले प्राथमिकतामा राखी योजना निर्माण गर्न सकेमा राम्रो हुन्छ ।´

युनिसेफले बालमैत्री स्थानीय शासनको प्रबद्र्धनमा समेत काम गरिराखेको र बाल क्लबका सदस्यहरुको यो सम्मेलनले बालमैत्री देश निर्माणमा सहयोग गर्ने र यसको नेतृत्व लिन समेत उनले जोड दिइन् । साथै देशले सामाजिक सुरक्षामा लगानी गरीरहेको तर बालबालिकामा कम प्राथमिकतामा राखेकोले नीतिहरु तर्जुमा गर्दा बालबालिकाहरुलाई प्राथमिकतामा राखी कामहरु गर्न समेत अनुरोध गरिन् ।
यसैगरी वल्र्ड भिजनका निर्देशक रोजलिन ग्रायविलले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्न नीति र योजनाहरु चाहिने र नेपालका बालबालिकालाई सहयोग गर्न वल्र्डभिजन तयार रहेको र त्यही अनुसार संस्थाले काम गरीरहेको बताए ।

बाल क्लवका पूर्व सदस्यहरुको राष्ट्रिय सम्मेलन हरेक वर्ष संघीयतह र प्रदेशस्तरमा आयोजना गर्ने लक्ष्य लिइएको सम्मेलनका संयोजक एवम जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए ।
नेपालको पहिलो स्वस्फृत बालक्लव जागृति बालक्लवका संस्थापक तथा जागृति वाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो । देशभरका बालक्लव पूर्व सदस्यहरुले सिकेको सिकाइलाई सबै क्षेत्रमा सिकाइको माध्यम बनाउन सम्मेलनले योगदान गर्ने उनले बताए ।

बाल क्लबका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । १८ वर्षसम्म बाल क्लबमा रहेर पासआउट भएका देशभरका १५० जना युवाहरु एकसाथ भेला भएर विभिन्न विषयमा छलफल गर्ने गरी आज र भोलि दुई दिनसम्म यो सम्मेलन सञ्चालन हुनेछ । हाल देशभर तीसहजार भन्दा बढी बाल क्लबहरु सक्रिय छन् । बाल क्लबमा ८० लाख भन्दा बढी बालबालिका आवद्ध छन् ।
जागृति बाल तथा युवा सरोकार नेपालका नेतृत्व सहित चङ्गा फाउन्डेसन, हामी दाजुभाइ, युवालय, क्रियसन सोसाइटी, याभ नेपाल र कन्सर्न सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्मेलन भइरहेको हो । १९ वर्षदेखि २५ वर्ष सम्मका युवाहरु यो कार्यक्रममा सहभागी रहेका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य तथा विषयवस्तु बारे जानकारी बालअधिकारकर्मी राजेश शर्माले राखेका थिए ।

युवाहरुको करिअरलाई पनि सघाउ पुरयाउन युवाको नेतृत्व विकास, उद्यमशीलता जस्ता विषयमा छलफल गरी काठमाडौं घोषणा पत्र जारी गर्ने लक्ष्य लिइएको छ ।
देशभरबाट जम्मा भएका युवाहरुले बालबालिका राष्ट्रिय गौरव हुन अभियानमा पूर्व बालक्लवका सदस्यहरुको भूमिका, यौन तथा प्रजनन स्वास्थ्य, सामाजिक सुरक्षा, युवाहरुको नेतृत्व विकास र सिभिक स्पेस, उद्यमशिलता, किशोरी सशक्तिकरण, बाल विवाह, बाल सहभागिता अभिबृद्धी, अनलाईन सुरक्षा र अन्य फरक फरक गरी १० सेसनहरु सञ्चालन हुने र सो सेसनमा सहभागिता जनाई घोषणापत्र तयार गरी समापन गर्ने आयोजकले बताएको छ ।
काठमाडौमा सञ्चालन हुने २ दिनको यो सम्मेलनलाई युनिसेफ, सेभ द चिल्ड्रेन, क्यान्नालन, वल्र्ड भिजन ईन्टरनेशलन नेपाल, केयर नेपाल, टिडिएच जर्मनी र चाईल्ड फण्ड जापानको सहयोग र ओरेक, साथी, स्वतन्त्रता अभियान, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, भ्वाईस अफ चिल्ड्रेन, आधरा, किडार्क, सिवीन नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जाल, लगायत विभिन्न राष्ट्रिय र क्षेत्रीय स्तरमा स्थापना भएका संस्था र सञ्जालहरुको सहकार्य समेत रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्