काठमाडौं, २० मङ्सिर ।
अबैध सुन काराेबारमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीले काठमाडाैँकाे न्युरोडबाट अवैध सुन कारोबारमा कैलाली घर भई अहिले काठमाडाैँकाे नागार्जुन बस्ने पदम पाण्डेलाई आज बुधवार पक्राउ गरेको हाे ।
प्रहरीले न्युरोडमा रहेकाे ‘ओमपाल गोल्ड सप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको बताएको छ ।साथै प्रहरीले अवैध सुन पनि बरामद गरेकाे छ ।
प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुन बरामद गरेकाे हाे ।


