राज्यले गरेको लगानीबाट नागरिकले प्रत्यक्ष लाभ लिन सक्नुपर्छ- कावा नगर प्रमुख योगी – Kanika Khabar
Thursday, February 13Nepali News Portal

राज्यले गरेको लगानीबाट नागरिकले प्रत्यक्ष लाभ लिन सक्नुपर्छ- कावा नगर प्रमुख योगी

    मा प्रकाशित

प्रिया स्मृती गजमेर

दाङ – लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले राज्यले गरेको लगानी उपलब्धिमूलक हुनु जरुरी रहेको बताउनु भयो । राज्यले गरेका हरेक कार्यक्रमबाट नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने खालको बाताबरण हुनुपर्ने बताउनु भयो ।

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख योगीले वैदेशिक रोजगारबाट फर्किएर नेपालमै केही पेशा व्यवसाय गर्दै आएका व्यक्तिहरुको सवालमा उनिहरुले गरेका काम र सीपलाई राज्यले प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।

कृषि उत्पादनलाई जोड दिनु पर्छ, कृषकका उत्पादनलाई यान्त्रिककरण गराउन तर्फ राज्यले ध्यान दिनु पर्छ, जतिपनी वैदेशिक रोजगार गुमाएर वा लामो समय बसेर नेपाल फर्किएका मानिसहरुलाई अब नेपालमै बसेर आफ्नै पेशा व्यवसाय गर्ने तर्फ प्रोत्साहित गर्नु पर्छ”- योगीले भन्नू भयो । सो क्रममा बैंकको चर्को ब्याजले नागरिकले निकै सास्ती खेप्नु परेको बताउनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्