शिक्षालाई व्यवसायसँग जोड्नुपर्छः मन्त्री मास्की – Kanika Khabar
Monday, February 16Nepali News Portal

शिक्षालाई व्यवसायसँग जोड्नुपर्छः मन्त्री मास्की

    मा प्रकाशित

देउखुरी,२० मङ्सिर ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले शिक्षालाई व्यवसायसँग जोड्नु पर्ने बताएका छन् ।

राप्ती गाउँपालिकाको आयोजनामा शिक्षकहरुलाई सूचना प्रणालीमा आधारित शिक्षण विधि सम्बन्धि एक दिवशीय क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा भनेको देशको जनशक्तिसंग जोडिएको भन्दै परिणाममुखी शिक्षामा जोड दिनुपर्ने बताए ।

शिक्षालाई समय सापेक्ष र प्रबिधिमैत्री बनाए मात्रै शिक्षा क्षेत्रले फड्को मार्ने उनको भनाई छ । साथै उनले शिक्षालाई प्रयोगात्मकसंग जोड्नु पर्ने समेत बताए ।

 

त्यस अवसरमा पालिका अध्यक्ष प्रकाश विष्टले शिक्षालाई ब्यबहारिक बनाउन यो तालिमको आयोजना गरिएको बताए । अहिले पनि प्लसटु पछि विदेश जाने विद्यार्थीको संख्या बढेको भन्दै यसलाई कम गर्न शिक्षकहरु नै सचेत हुनुपर्ने बताए ।

दक्ष जनशक्ति स्वदेशमै राख्नकालागि आफूहरुले यो अभियान चलाइरहेको उनले बताए ।

कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्