२०८४ सालसम्म राजतन्त्र पुनर्स्थापना : थापा – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

२०८४ सालसम्म राजतन्त्र पुनर्स्थापना : थापा

    मा प्रकाशित

काठमाडौं, २२ मङ्सिर ।

२०८४ सालसम्ममा नेपालमा राजसंस्था पुनर्स्थापना हुने दावी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गरेका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरङ्कुश नभइ सर्वधर्म, समभावसहित माओवादीदेखि सनातनीसमेत अट्ने किसिमको हुने दाबी गरे ।

थापाले राष्ट्रमा राजसंस्था, हिन्दू राज्य स्थापना गर्ने आन्दोलनप्रति आफू र आफ्नो पार्टीको स्वाभाविक नैतिक समर्थन रहने उल्लेख गर्दै दुर्गा प्रसाईंको आन्दोलनमा स्वतः समर्थन रहेको प्रस्ट पारे । उनले राप्रपासँगको एकताको तत्काल कुनै सम्भावना नरहेको जिकिर गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्