रहेनन् बलिउड अभिनेता जुनियर महमूद – Kanika Khabar
Monday, February 16Nepali News Portal

रहेनन् बलिउड अभिनेता जुनियर महमूद

    मा प्रकाशित

दाङ । क्यान्सरबाट पीडित बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ ।
अभिनेता महमूदको उपचारका क्रममा ६७ वर्षको उमेरमा गएराति निधन भएको हो ।

उनी मुम्बईको परेलस्थित टाटा मेमोरियल अस्पतालमा उपचाररत् थिए । उनी चौथो चरणको पेटको क्यान्सरबाट पीडित रहेका थिए ।

महमूदका छोरा हसनेनले बुवाको निधनबारे पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिनेता महमूदले हाथी मेरे साथी, मेरा नाम जोकर, हरे राम, हरे कृष्णलगायतका चर्चित फिल्ममा अभिनय गरेका थिए । उनले अभिनय गरेको हरे राम, हरे कृष्ण फिल्म नेपालमा पनि छायाँकन भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्