बृद्धाश्रममा जन्म दिन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बृद्धाश्रममा जन्म दिन

    मा प्रकाशित

नरेश के.सी.

भैरहवा, असार २८ ।

होटल तथा रेष्टुरेन्टहरुमा तामझामा साथ मनाईने जन्म दिन आजभोलि बृद्धाश्रम, अनाथश्रमहरुमा मनाउने चलन शुरु भएको छ । उक्त क्रियाकलापले युवा पुस्तामा सामाजिक भावना बढ्दै गएको पनि पुष्टि भएको छ ।

यसैबीच शनिबार रुपन्देहीको एक सामुदायिक विद्यालयको शिक्षिका रहेकी तिर्था अर्यालले सत्यसाई बृद्धा सेवा आश्रम भैरहवामा आश्रय लिएर बसेका बृद्धा बुबाआमाहरुसँगै आफ्नो जन्म दिन मनाएकी छन् ।

उनले आश्रममा रहेका १६ जना बुबा आमासंगै केक काटेर उनीह?लाई खुवाउदैं र आशीर्वाद थाप्दै मनाएकी हुन् ।

उमेरले ९० टेकेका धनबहादुर माझी काठमाडौंदेखि भैरहवा आएको दुई वर्ष भयो । शनिबार भने उनी जन्म दिनको शुभकामनाका शब्दहरु उपहार दिदैं अर्यालले दिएको केक मिठो मानी मानी खाइरहेका थिए । माझी जस्तै गुल्मी शान्तिपुरकी ८४ बर्षिय गंगामामा पुन अर्यालको टाउको माथि हात राखेर आशीर्वाद दिदैं सधै आश्रममा आइरहनु भन्दै थिइन् । उमेरले ६६ बर्षदेखि ९० बर्ष सम्मका बुबा आमाह?ले जन्म दिन मनाउन केक बोकेर आश्रम पुगेका युवायुवतीलाई फेरि फेरि पनि आश्रममा आइरहनु है नानी बाबु भनिरहेका थिए । उनीहरुमा मुहारमा खुसीको बहार छाएको प्रष्टै देखिन्थ्यो ।

१० जना आमा र ६ जना बुबाहरुलाई एकाबिहानै खुसी बनाउने काम भने सामुदायिक विद्यालयको शिक्षिका समेत रहेकी भैरहवामा बसोबास गर्ने तिर्था अर्यालले गरेकी हुन् । शनिबार उनंले आफ्नो जन्म दिन बृद्धासेवा आश्रमका बुबाआमालाई केक खुवाएर मनाइन । उनले भनिन ‘आज म जन्मिएको दिन आफुले जन्म दिएका सन्तती भन्दा केही टाढिएर बृद्धासेवा आश्रममा बसेका बुबाआमासंगै केक काट्न पाउदा अत्यन्तै खुसी भएकी छु । खासमा यो दिन मेरो लागि स्मरणीय हुनेछ । ’

अर्यालले विहानै आफुसंगै बस्ने आमासंग आर्शिबाद लिएपछि यहां आश्रममा बसोबास गरेका बुबाआमासंग आर्शिवाद लिन आएको समेत बताईन् । उनले भनिन, ‘गत बर्ष भीम अस्पतालका विरामीसंगै बसेर बर्थ डे मनाए । यो वर्ष बुबा आमासंग । ’

बृद्धासेवा आश्रममा जन्म दिन मनाउने कार्यले आफुह?लाई पनि प्रेरणा प्रदान गरेको अर्यालको साथि समेत रहेका सिद्धार्थनगर वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले बताए । उनले भने, ‘ हिजो उहांले जन्मदिन बृद्धाश्रममा मनाउने कुरा सुनाउनुभयो म धेरै खुसी भए र आज यहाँ साथ दिन आएको हुं । ’

अर्यालले बृद्धा बुबाआमालाई केही दिनलाई पुग्ने खाजा पनि दिएको आश्रमको सन्चालक समिति अध्यक्ष माया खरालले बताइन् । २०५९ सालमा स्थापना भएको उक्त आश्रममा काठमाडौका ४ जना, भैरहवाका ५ जना , स्यांग्जा, पाल्पा, प्यूठान, अर्घाखाचि र मणिग्रामका एक एक जना बुबा आमा बस्दै आएका छन् । अध्यक्ष खरालले भनिन, ‘बेला बेला बुबा आमाह?को स्वास्थ्य चेकजाच, आश्रम परिसर भित्र गोडमेल गर्न माली व्यवस्थापन, नया भवनको सन्चालनमा केहि आर्थिक कठिनाई छ । तत्काल नास्ता र हरियो तरकारी पनि अभाब भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्