मा प्रकाशित
कनिका खबर
असार २८, दाङ ।
आजबाट जनता समाजवादी पार्टीले बैधानिकता पाएको छ । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिएको हो । जनता समाजवादीलाई आयोगले आइतबार दल दर्ता प्रमाणपत्र उपलब्ध गराएको पार्टीका नेता शिवजी यादवले जानकारी दिए ।
जनता समाजवादीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन् । जनता समाजवादीमा ३४ जना सांसद छन्।