सुबिधासम्पन्न गाउँ बनाउने काङ्ग्रेसको अभियान हो : सहमहामन्त्री राठोर – Kanika Khabar
Sunday, October 6Nepali News Portal

सुबिधासम्पन्न गाउँ बनाउने काङ्ग्रेसको अभियान हो : सहमहामन्त्री राठोर

    मा प्रकाशित

दाङ , माघ १० । नेपाली काङ्ग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले सुबिधासम्पन्न गाउँ बनाउने अभियानमा काङ्ग्रेस लाग्नु पर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले मंगलबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता राठोरले त्यस्तो बताएका हुन ।

‘ हामी सुबिधा सम्पन्न गाउँ बनाउने हो,’ उनले भने ‘ सबै कुराको सुबिधा आफ्नो गाउँ र घरमै बसेर प्राप्त गर्ने मुलुक बनाउने काङ्ग्रेसले अभियान हो।’

नेपालमा चलेको दश वर्षे लामो द्वन्द्व लगायतको कारणले काङ्ग्रेसले लिन चाहेको विकासको गति अबरुद्ध भएको र त्यसले गर्दा देश अहिलेको स्थितिमा आइ पुगेको भएपनि फेरि त्यसलाई सुधार्ने दायित्वपनि काङ्ग्रेसकै भएको सहमहामन्त्री राठोरले बताए ।

२०४६ पछि काङ्ग्रेसले लिएको खुल्ला अर्थनीतिकै कारण मुलुकमा बिगत भन्दा धेरै नै परिवर्तनहरु भएको पनि उनले बताए । लामो इतिहास बोकेको र तीन वटा आन्दोलनको नेतृत्व गरेको काङ्ग्रेस पार्टीले गर्न नसकेको काम अहिलेका च्याउ जस्तै मुर्मिएका पार्टीले गर्न नसक्ने उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेता राठोरले कुनै दिन नागरिकता त्यागेर देश छोडेर भागेका भगौडाहरुले देश बनाउँछन् भन्ने भ्रम मात्रै भएको दाबी गरेका थिए ।

उनले निराशावादी कुरा मात्रै गरी बस्नुभन्दा सकारात्मक कुरा गर्न तथा केही काम गरि बस्न आग्रह गरेका थिए ।

पार्टीभित्र राम्रो गर्नेलाई पुरस्कृत र गल्ती गर्नेलाई दण्डित गर्ने परिपाटीको विकास नहुँदा समस्या भएको नेता राठोरको तर्क थियो ।
इमान्दार भई हरेक काङ्ग्रेसका सदस्य वडा तहबाट सङ्गठन मजबुत बनाउने अभियानमा लागे भविष्यमा काङ्ग्रेसलाई कसैले हराउन नसक्ने उनले बताएका थिए ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमलाई काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिस्लिनाले काङ्ग्रेस एक ढिक्का भए कुनै शक्तिले हराउन नसक्ने बताएका थिए ।

नेपाल प्रेस युनियन दाङका पूर्व अध्यक्ष सुशील बस्नेतको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पूर्व जिल्ला कोषाध्यक्ष शरद रेग्मीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्