प्रधानमन्त्री दाहालले डाके सत्तारूढ दलकाे बैठक, बैठकमा मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल हुने – Kanika Khabar
Saturday, March 2Nepali News Portal

प्रधानमन्त्री दाहालले डाके सत्तारूढ दलकाे बैठक, बैठकमा मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल हुने

    मा प्रकाशित

काठमाडौं, १६ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलको बैठक डाकेका छन् । राष्ट्रियसभाकाे निर्वाचनमा काेशी प्रदेशमा नेपाली काङ्ग्रेसले गरेकाे अन्तरघात तथा मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले बैठक डाकेकाे स्राेतले बताएकाे हाे ।

` मन्त्रपरिषद् हेरफेर गर्नेबारेमा सबैसँग आन्तरिक छलफल गर्न सम्भावना रहेकाे छ । बैठकमा राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा काङ्ग्रेसले गरेको अन्तरघातको विषयमा पनि छलफल हुने छ । ´ स्राेतले बतायाे ।

प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् हेरफेर गर्ने साेचमा रहेका छन् । प्रधानमन्त्री दाहालले पुस १० गते नै मन्त्रिपरिषद् हेरफेर गर्न चाहेका थिए तर सत्तारूढ दल काङ्ग्रेस नमानेपछि प्रधानमन्त्री `ब्याक´ भएका थिए ।

आजका लागि डाकिएकाे सत्तारूढ दफकाे बैठक प्रधानमन्त्री सचिवालयका अनुसार साँझ बस्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्