भैरहवा, १६ माघ ।
नेपाली काङ्ग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले संघीयता कार्यान्वयनका लागि प्रदेशले आफ्नाे पूर्ण अधिकार प्रयाेग गर्न पाउनपर्ने बताएका छन् । नेपाली काङ्ग्रेसले सुरू गरेकाे `समुदायमा काङ्ग्रेस ´ अभियानकाे भैरहवामा उद्घाटन गर्दै उपसभापति निधीले प्रदेशले पूर्ण अधिकार पाउनुपर्नेमा जाेड दिएका हुन् ।
उपसभापति निधीले संघीयता कार्यान्वयनका र लागि प्रहरी प्रदेश मातहतमा आउन अनिवार्य भएकाे बताएका छन् ।
`समुदायमा काङ्ग्रेस´ अभियानकाे उद्घाटन गर्दै पूर्व मन्त्रीसमेत रहेका काङ्ग्रेस नेता निधीले नागरिकलाई अधिकार दिने विषय संघीयतासँग जाेडिएकाे बताए।
कर्मचारी सर प्रहरी प्रदेश मातहतमा नआउँदासम्म संघीयता पूर्ण कार्यान्वयन पनि नहुने बताए । अहिले पुस्तान्तरणकाे मात्रै कुरा उठ्ने गरेकाे चेचा गर्दै निधीले अब रूपान्तरणकाे अभियान थालिनु पर्ने बताएका छन् ।
नेपाली काङ्ग्रेस लुम्बिनीका उप सभापति एवं लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले पार्टी र मुलुकप्रतिकाे नागरिककाे दृष्टिकाेण बुझ्न समुदायमा काङ्ग्रेस अभियान सुरू गरिएको बताए । अभियानकाे उद्देश्य नागरिकलाई काङ्ग्रेससँग जाेड्ने पनि भएकाे भन्दै मन्त्री खनालले आम नागरिकलाई काङ्ग्रेससँग जाेड्ने अभियानमा एक ढिक्का भएर लाग्न आग्रह गरे ।
मुलुक परिवर्तनकाे नेतृत्व काङ्ग्रेसले गरेकाे भए पनि अहिले आम नागरिक काङ्ग्रेसप्रति ढुक्क हुन नसकेकाे चर्चा गर्दै काङ्ग्रेस मन्त्री खनालले यसका लागि नागरिकका अपेक्षा पूरा गर्नुपर्ने र त्यसका लागि काङ्ग्रेस एक ढिक्का हुन जरूरी रहेकाे बताए ।