खेलकुद सप्ताह कार्यक्रम सुरू – Kanika Khabar
Friday, March 1Nepali News Portal

खेलकुद सप्ताह कार्यक्रम सुरू

    मा प्रकाशित

दाङ, २२ माघ ।
दाङकाे घाेराही उपमहानगरपालिका वडा नम्बर ४ गाेग्लीस्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले आज एक कार्यक्रमका बीच खेलकुद सप्ताह सुरू भएकाे छ।

विद्यालयका सञचालक समितिका सदस्य एवम् शिक्षक यम रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री हिमलाल राणाको अध्यक्षतामा सञ्चालन भएको थियो।

विद्यालयका प्रिन्सिपल श्री पोषण न्यौपानेले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो। न्यौपानेका अनुसार विद्यालयले आफ्नो ३० औं वार्षिक उत्सवको पावन अवसरमा विद्यार्थी, शिक्षक एवं अभिभावकहरूका लागि विविध खेलकुद कार्यक्रमहरूको आयोजना गरेको जानकारी गराउँदै खेलकुद सप्ताह यही माघ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने व्यहोरा अवगत गराउनुभयो।

कार्यक्रममा खेल संयोजक सुरेश डाँगी तथा तहगत खेल संयोजक चन्दन गुप्ता, गीता रेग्मी, मनिषा पौडेल र सोमा गुरुङलाई प्रिन्सिपल न्यौपानेले खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको थियो। उक्त कार्यक्रमको सहजीकरण एवम् सञ्चालन विद्यालयकी शिक्षिका पुनम जिएमले गर्नुभएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्