देउखुरी पब्लिक स्कुलमा खेल सप्ताह सुरु – Kanika Khabar
Friday, March 1Nepali News Portal

देउखुरी पब्लिक स्कुलमा खेल सप्ताह सुरु

    मा प्रकाशित

टेकबहादुर पुन

लमही, २३ माघ ।
दाङकाे देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक बिद्यालयको खेलकुद सप्ताह सुरु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम नारायण चौधरीले सोमबार सप्ताहको विधिवत् उद्घाटन गरेका हुन् । उद्घाटन सत्रका प्रमुख अतिथि समेत रहेका चौधरीले स्वास्थ्यका लागि खेल अति आवश्यक रहेको बताए ।
खेलकुदबाट राष्ट्रलाई चिनाउनुका साथै व्यावसायिक सफलता उन्मुख हुने बताए ।

उनले खेलकुदले आपसी मेलमिलाप गराउनुका साथै समग्र राष्ट्रको नाम बिश्वमा पहिचान गराउन सक्ने भएकाले खेलतर्फ चासो दिनुपर्ने बताए ।

स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने नारा सहित बिद्यालयले प्रत्यक बर्ष खेलकुद सप्ताह गर्दै आईरहेको छ ।

आपसी मेलमिलापसँगै प्रतिस्पर्धा विद्यार्थीको मनोवल बढ्ने भएकाले खेलकुदको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल भुमाण्डप केसीले बताए । विद्यार्थीको पढाइसँगै विद्यालयले स्वास्थ्यमा ध्यान राख्दै आईरहेको छ ।

प्रतियोगितामा फुटबल, क्रिकेट, कपड्डी, रिले दौड, हाईजम्प, लङ्गजम्प, सय/दुईसय मिटर दौड लगायतका खेलहरु समावेश गरिएको खेल संयोजक सन्दिप खनालले जानकारी दिए । बिद्यालयका प्रिन्सिपल भुमाण्डप केसीको अध्यक्षतामा भएको कमर्यक्रममा शिक्षक सन्दिप खनालले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक हेमन्त भुषालले गरेका हुन । खेलकुद सप्ताह एक हप्तासम्म चल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्