पिस क्लबकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न – Kanika Khabar
Saturday, March 2Nepali News Portal

पिस क्लबकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

    मा प्रकाशित

दाङ,२३ माघ ।

दाङकाे घाेराहीस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलमा स्थापित पिस क्लबकाे आयाेजना रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
विद्यालयकाे २६ ओैँ वार्षिकोत्सवकाे अवसरमा क्लबले रक्तदान कार्यक्रम आयाेजना थरेकाे हाे ।

नेपाल रेडक्रस साेसाइटी रक्त सञ्चार केन्द्र घाेराहीकाे प्राविधिक सहयाेगमा सम्पन्न रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए ।

क्लबकाे अध्यक्ष स्वस्तिका केसीकाे अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर केसीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा विद्यालयका प्रिन्सिपल तथा विशिष्ट अतिथि चक्रबहादुर रावत, विद्यालयका इन्चार्ज नवराज खत्री लगायतले मन्तव्य राखेका थिए ।

साथै क्लबले वार्षिकोत्सवकाे अवसर पारेर घाेराही १३तेराैटेस्थित बृद्धाश्रममा फलफूल वितरण गरेका छन् ।

कार्यक्रमकाे सहजीकरण महासचिवमा लक्ष्मी पाण्डेयले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्