शिक्षा क्षेत्रको अगुवाइबिना समृद्धि आउन सक्दैन : नगर प्रमुख चाैधरी – Kanika Khabar
Saturday, March 2Nepali News Portal

शिक्षा क्षेत्रको अगुवाइबिना समृद्धि आउन सक्दैन : नगर प्रमुख चाैधरी

    मा प्रकाशित

घोराही माघ २५ ।
दाङकाे घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिक्षा क्षेत्रको अगुवाई बिना समृद्धि आउन नसक्ने बताउँदै समृद्ध घोराहीका लागि दक्ष जनशक्ति आवश्यक रहेको र यसका लागि अब नगरमा बुक फ्रिडे कार्यक्रम लागु गरिने बताउनु भएको छ ।

घोराही–१८ बालुवाटारस्थित लिटिल एन्जल बोर्डिङ स्कुलको २७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मेयर चौधरीले विद्यार्थीमा रहेको क्षमता विकास गर्न बुक फ्रिडे कार्यक्रम अनिवार्य भएको बताउँदै यो कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन शिक्षा क्षेत्रमा संलग्न संस्थाहरुले साथस हयोग गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख चौधरीले सिपयुक्त, व्यवहारिक, जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । व्यवहारिक शिक्षामा जोड दिँदै चौधरीले शिक्षा क्षेत्रको विकासका लागि परेका निजी र सामुदायिक दुबै विद्यालयहरुलाई संगसँगै अगाडि बढ्नका लागि विशेष कार्यक्रम बनाइने धारणा राख्नुभयो । विद्यालयहरुको क्षमता अभिवृद्धिका लागि सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानमा पनि जोड दिन आवश्यक रहेको बताउँदै नगरप्रमुख चौधरीले खेल क्षेत्र, सांकृतिक क्षेत्र, विभिन्न आविष्कारहरु, सिपयुक्त जनशिक्त उत्पादनमा अबको शिक्षाले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले समृद्धि र विकासको आधार शिक्षा भएकाले शिक्षा क्षेत्रलाई वहुआयामिक तवरले अगाडी बढाउनुपर्ने बताउनुभयो । प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिजय जिएमले प्याब्सन मातहतका सबै विद्यालयहरुलाई समय सापेक्ष ढङ्गबाट अगाडि बढाउन खोजिरहेको बताउनुभयो ।

नगर प्याब्सनका अध्यक्ष बिरेन्द्र चन्दले अभिभावकहरुको चाहना अनुसार निजी विद्यालयहरुको पठनपाठन र अन्य सबै क्रियाक्लापहरुलाई प्याब्सनले अगाडी बढाउन खोजिरहेको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णचन्द्र गिरीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सीपल यादव गिरी र भ्वाइस प्रिन्सिपल विमल रोकाले विद्यालयको गतिविधि र स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षकहरु सपना बस्नेत र ओम बिएमले गर्नुभएको थियो । सो अबसरमा विद्यार्थीहरुले गीत, नृत्यमा सहभागी भएका थिए । यसैगरी विद्यार्थीहरुले निर्माण गरेको विभिन्न निर्माणको प्रयोगशालालाई अभिभावक, अतिथि, सञ्चारकर्मी सबैले निरीक्षण समेत गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्