सरसफाइयुक्त उपमहानगरपालिका अभियान : वडा नम्बर १ ले थाल्याे सरसफाइ अभियान – Kanika Khabar
Saturday, March 2Nepali News Portal

सरसफाइयुक्त उपमहानगरपालिका अभियान : वडा नम्बर १ ले थाल्याे सरसफाइ अभियान

    मा प्रकाशित

घोराही, २६ माघ ।
दाङकाे घोराही उपमहानगरपालिकालाई सरसफाइयुक्त नगर बनाउन अभियान थालिएको छ ।

अभियानकाे सुरुवात घोराही उपमहानगरपालिका वडा नम्बर १ ले गरेको छ ।

वडा नम्बर १ ले वडाका १९ वटै टोलमा पुगेर सरसफाई अभिमुखीकरण थालेको अध्यक्ष राममणी पाण्डेले जानकारी दिनुभयो ।

वडा नम्बर १ को हर्नोक, काउलेबाट सुरु गरिएको सरसफाई अभिमुखीकरण बिहीवार सुकाखोलामा गरिएको छ भने १९ वटै वडामा पहिलो चरणमा अभिमुखीकरण गर्ने र त्यसपछि नगल्ने फोहोरको व्यवस्थापनसँगै टोलहरुलाई सरसफाइयुक्त घोषणा गर्ने तयारी रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

`सरसफाइबारे १९ वटै टोलमा पुगेर जानकारी दिन्छौँ, त्यसपछि नगल्ने फोहोरलाई एक टोल एक स्थान तोकेर व्यवस्थापन गर्छौँ ।´अध्यक्ष पाण्डेले भन्नुभयो, `पहिले टोलहरुलाई सरसफाईयुक्त टोल घोषणा गर्ने र त्यसपछि वडा नम्बर १ लाई नै सरसफाइयुक्त वडा घोषणा गर्ने गरी काम थालेका छौं । यो अभियानले अरु वडालाई पनि सरसफाईमा अग्रसर हुने बाटो दिनेछ ।´
सरसफाई सहजीकरणमा घोराही उपमहानगरपालिका सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारीसमेत खटिनुभएको छ ।

१ हजार ५ सय घरधुरी रहेको वडा नम्बर १ लाई फागुन १५ सम्म अभिमुखीकरण सक्ने र फागुनको अन्तिमसम्म सरसफाईयुक्त वडा घोषणा गर्ने तयारी रहेको छ । अभियानको बुधवार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन अवसरमा घोराही उपमहानगर विपत तथा सरसफाई संयोजक एवम् घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भानसिंह बुढालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्