हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न

    मा प्रकाशित

दाङ, २७ माघ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीकाे आयाेजनामा एक दिने हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

प्याब्सन घाेराही नगर कमिटीले आज शनिबार दाङकाे घाेराहीमा एक कार्यक्रमकाे आयाेजना गरी हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे।

प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षता तथा प्याब्सन दाङका सचिव आदिम केसीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रि प्राइमरी तहमा अध्यापनरत शिक्षकहरूका लागि एक दिने हस्तलेखन प्रशिक्षण कार्यक्रम भएकाे हाे । कार्यक्रममा १ सय २१ जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।
कार्यक्रममा ग्रिन लिफका हस्तलेखन प्रशिक्षक बामदेव याेगीले प्रशिक्षण दिएका थिए । कार्यक्रमकाे व्यवस्थापन ग्रिन पब्लिकेसनले गरेकाे थियाे ।

उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्