७६ औं श्रृङखलामा समर्पणद्वारा गजल वाचन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

७६ औं श्रृङखलामा समर्पणद्वारा गजल वाचन

    मा प्रकाशित

दीपक समीर, घाेराही । 

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित एकल रचना वाचना कार्यक्रमअन्तर्गत ७६औँ श्रृङ्खलामा गजलकार/गीतकार अभि क्षेत्री समर्पणद्वारा एकल रचना वाचन सम्पन्न भएकाे छ  ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम्  राप्ती साहित्य परिषद्का सल्लाहकार एवम्  निवर्तमान अध्यक्ष पुरूषाेत्तम खनालकाे प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार गणेश विशमकाे विशिष्ट आतिथ्यमा सम्पन्न भएको हाे ।

एकल रचना वाचन कार्यक्रममा गजलकार/गीतकार अभि क्षेत्री समर्पणले समसामयिक एक दर्जन गजल वाचन गर्नु भएकाे थियाे । साथै उहाँकाे शब्दमा रेकर्ड  गरिएका गजल तथा गीतहरू समेत प्रस्तुत गरिएका थिए । वाचित गजलहरूकाे समीक्षा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष तथा  समालाेचक डा टीकाराम उदासीले गर्नु भएकाे थियाे ।

कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा जिल्ला शाखा दाङका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार कमलमणि देवकोटा, प्रगतिशिल लेखक संघका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा,  सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गाैतम, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, नेपाल पक्त्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, प्रलेस दाङ शाखा काेषाध्यक्ष चन्द्रबहादुर थापा, परिषद् दाङ शाखाका सल्लाहकार डा लाेकराज पराजुली, नगेन्द्र गुरू,  अक्षकाेष संस्थापक नरेशजङ्ग राणा,  साहित्यकारहरू यज्ञबहादुर डाँगी, छविकिरण वली, हुमबहादुर डिसी, सुरेशसुमन डाँगी, डा खेमराज मल्ल, यम रेग्मी, प्रबल बिष्ट, दामोदर पाैडेल, प्रदीपराज श्रेष्ठ “पीअारप्रथक” गुरूप्रसाद के सी,  गाेपाल भुषाल अभिलाषी, प्रकाश रेग्मी,  नारायण रेग्मी जिज्ञासु, सुभाष न्याैपाने, स्वर्णशिखा, नारदप्रसाद भण्डारी, शाेभाराम अाेली,  हुकुमबहादुर पुन, खड्कविवश विसी, खेमराज गाउँले, दिलकुमारी बुढामगर, कपिलमणि,  शुरेशकुमार पाण्डेय, मधुसुदन गाैतम, केशवराज रिजाल,  राजकुमार पाेख्रेल, वीणा राेका, मनिषा गिरी (रितु), मनाेज थापामगर, पत्रकार गाेविन्द खड्का, सूर्य विसीलगायत करिव ७० जनाकाे उपस्थिति रहेकाे थियाे ।

 उक्त एकल रचना वाचन कार्यक्रममा प्रमुख अतिथी पुरूषाेत्तम खनालले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे भने एकल गजल वाचन गर्नुका साथै सांगीतिक क्षेत्रमा समेत गीत/गजल रेकर्ड गरी पुर्याएकाे याेगदानकाे उच्च प्रंशसा गर्दै गजलकार/गीतकार अभि क्षेत्री समर्पणलाई परिषद् जिल्ला शाखा दाङकाे तर्फबाट प्रशंसा-पत्र प्रदान गरिएकाे थियाे ।

 परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमको सहजीकरण सचिव प्रकाश के सीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्