सीप सिकेर आत्मनिर्भर बन्नुहोस् : कार्यबाहक नगर प्रमुख योगी – Kanika Khabar
Friday, January 17Nepali News Portal

सीप सिकेर आत्मनिर्भर बन्नुहोस् : कार्यबाहक नगर प्रमुख योगी

    मा प्रकाशित

दाङ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले सीप सिकेर आत्मनिर्भर बन्न महिलाहरुलाई आग्रह गर्नुभएको छ । सीपमूलक तालिम बेरोजगार भएर बसेका महिलाहरुको लागि आयस्रोतको माध्यम हुने विश्वास व्यक्त गर्नुभयो ।
‘आफ्नो खुट्टामा अडिन सक्ने खालको हुनुपर्छ, सधैं अरुको साहरा बाँच्न हुँदैन यस्तो गरियो भने अपहेलित भइन्छ त्यसकारण आफैमा निर्भर हुनुपर्छ’ कार्यबाहक नगर प्रमुख योगीले बताउनुभयो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) द्वारा आयोजित ८ दिने उद्यमशिलता विकास तालिमको उद्घाटन गर्दै कार्यबाहक नगर प्रमुख योगीले सो कुरा बताउनुभएको हो ।

कार्यबाहक नगर प्रमुख योगीले भन्नूभयो, ‘तपाईंहरुले सिकेको सीप यस्तो होस कि यो सीपलाई अन्य पालिका, जिल्ला र प्रदेशमा प्रदर्शन गर्ने लायक बनोस ।’

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) द्वारा आयोजित ८ दिने उद्यमशिलता विकास तालिम आजबाट लमही नगरपालिका वडा नम्बर ७ को उच्चानिम्बुमा सुरु भएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य उर्मिला चौधरीले ८ दिन सम्म सहभागी भएर सीप सिक्न सबैमा अनुरोध गर्नुभयो । यो तालिमले सहभागीहरुमा उपलब्धिमुलक रहोस, महिला दिदिबहिनीहरुको आर्थिक आय आर्जनलाई टेवा पुगोस भनेर आयोजना गरिने भएको हुँदा यस्ता मौकालाई सदुपयोग गर्नु पर्ने बताउनु भयो ।

व्यवसाय सम्बन्धि योजना बनाइने, रोजगार, स्वरोजगार भनेको के हो ? विभिन्न खेलबाट कसरी आम्दानी गर्न सकिन्छ जस्ता विषयमा सहभागीलाई जानकारी गराइने उद्यमविकास सहजकर्ता रिता पुनले जानकारी दिनुभयो ।

लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रमिला योगीले गर्नुभएको थियो । उक्त तालिममा वडा नम्बर ७ उच्चानिम्बुका २५ जना महिलाहरुको सहभागिता रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्