काठमाडौँ, २९ माघ ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई दुई दिनमा अनुसन्धान नसके रिहा गर्न आदेश दिएपछि न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ । व्यवसायी चौधरीलाई दसई दिनभित्र रिहा गर्न आदेश दिएसँगै न्यायाधीश आचार्य विवादित बनेका थिए ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई हिजो नै मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । आचार्यले आदेशमा हजारौँलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्द समेत प्रयोग गरेका थिए ।
दुई दिनमा अनुसन्धान नसके स्वतः रिहा हुने भन्ने न्यायाधीश आचार्यको आदेशलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत न्यायिक इतिहासकै पहिलो अनौठो आदेश भन्दै प्रतिक्रिया दिएका थिए ।