‘भोलि सार्वजनिक बिदा छैन’ – Kanika Khabar
Saturday, March 2Nepali News Portal

‘भोलि सार्वजनिक बिदा छैन’

    मा प्रकाशित

काठमाडौँ, २९ माघ ।
भोलि फागुन १ गते सार्वजनिक बिदा नरहेको सरकारले जनाएको छ । गृह मन्त्रालयले आज सोमबार एक विज्ञप्ति जारी गर्दै भोलि सार्वजनिक बिदा नरहेकबो बताएको हो ।
जारी विज्ञप्तिमा यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरिएको छ ।

यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको उल्लेख गरेको थियो । सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।

‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

CCI02122024.jpg

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्