उपकुलपति प्रा. डा. लामिछानेलाई ‘एजुकेसन एक्सिलेन्स’ अवार्ड – Kanika Khabar
Thursday, February 13Nepali News Portal

उपकुलपति प्रा. डा. लामिछानेलाई ‘एजुकेसन एक्सिलेन्स’ अवार्ड

    मा प्रकाशित

दाङ, माघ २९ ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने ‘एजुकेसन एक्सिलेन्स् अवार्ड–२०२४’ बाट सम्मानित हुनुभएको छ । भारतको रड्कीस्थित कोर विश्वविद्यालयले उपकुलपति प्रा.डा. लामिछानेलाई ‘एजुकेसन एक्सिलेन्स् अवार्ड–२०२४’ बाट सम्मानित गरेको हो ।

शिक्षा क्षेत्रको विकासमा विशेष भूमिका खेलेको भन्दै विश्वविद्यालयले प्रा.डा. लामिछानेलाई सम्मानित गरेको हो । विश्वविद्यालयले आयोजना गरेको विकास भारत–२०२४ कार्यक्रम र भारत ज्ञान कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । ‘विश्वविद्यालय तपाईं उल्लेखनीय उपलब्धिहरू र शिक्षाको क्षेत्रमा असाधारण योगदानका लागि हार्दिक बधार्इ र गहिरो प्रशंसा गर्दछ’, सम्मान पत्रमा उल्लेख गरिएको छ, ‘शिक्षामा तपाईंको प्रभावशाली भूमिका, साथै भारत ज्ञान कार्यक्रम–२०२४ मा पावर स्पिकरका रूपमा तपाईंको प्रभावकारी भूमिका साँच्चै प्रशंसनीय छ ।’

चार दशक प्राध्यापन र लेखनमा बिताउनुभएका प्रा. डा. लामिछाने नेपाली भाषा, साहित्य र वङ्मयका ज्ञाता हुनुहुन्छ । चार दशक त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय शिक्षण गर्नुभएको प्रा.डा. लामिछाने विगत साढे ३ वर्षदेखि नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्