माेही अधिकार माग्दै सडकमै सुते किसान – Kanika Khabar
Thursday, December 12Nepali News Portal

माेही अधिकार माग्दै सडकमै सुते किसान

    मा प्रकाशित

दाङ, ११ फागुन ।
स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित ८ गतेदेखि सुरु गरेको आन्दोलन आज पनि जारी राखेका छन् । उनीहरुले चौथो दिन शुक्रबार घोराहीको मुख्य चोक तुलसीपुर चोकमा एक घण्टा सुतेर आन्दोलन जारी राखेका छन् ।

तीन पुस्तादेखि जग्गा जोत्दै आएको र मोही हक समेत कायम रहेको प्रमाणपूर्जा हुँदा पनि हालसम्म अधिकार नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
कानुनी जटिलताका कारण नेपालको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गुठी स्वर्गद्वारी आश्रमको जग्गामा द्वैध स्वामित्व कायम रहेको छ । एकातिर सर्वाेच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने आदेश गरेको छ भने अर्कोतिर मोही किसान जग्गाधनी प्रमाण बोकेर न्याय मागिरहेका छन् ।

आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम रहेको स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए । उनका अनुसार सुरुमा २ सय ८९ घरपरिवार मोही किसान रहेकोमा अहिले नयाा घर टुक्रदै जाँदा ३ हजार ५ घरधुरी पुगेको छ । जसमा १५ हजार बढी सदस्यहरु आश्रित रहेका छन् ।

संघर्ष समितिले फागुन १३ देखि १५ गतेसम्म र्‍यालीसहित दाङका सबै राजनीतिक पार्टीका कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेशसभामा र्‍यालीसहित धर्ना तथा पूर्व पश्चिम राजमार्गमा सुतेर दुई घण्टा बन्द गर्ने, फागुन २७ र २८ गते घोराहीमा देशभरका गुठीपीडित किसानहरुको सम्मेलन गरी दाङ गुठीपीडित घोषणापत्र जारी गर्ने, चैत १ देखि दाङ बन्द या काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेको सङ्घर्ष समितिले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्