गुरूकुल तुलसीपुरकाे विशेष छात्रवृत्ति याेजना सार्वजनिक – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

गुरूकुल तुलसीपुरकाे विशेष छात्रवृत्ति याेजना सार्वजनिक

    मा प्रकाशित

तुलसीपुर,११ फागुन ।
शैक्षिक सत्र २०८१ बाट तुलसीपुरमा पनि सञ्चालन हुन लागेकाे गुरूकुल एकेडेमीले विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेकाे छ ।
विद्यालयले तुलसीपुरमा आज (शुक्रबार) पत्रकार सम्मेलनकाे आयाेजना गरेर विशेष छात्रवृत्ति याेजनाका बारेमा जनाकारी गराएकाे हाे ।
पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले पढाइमा क्षमतावान भएर पनि विभिन्न समस्याले साेचेकाे विद्यालयमा भर्ना हुन नसकेका विद्यार्थीलाई लक्षित गरेर निशुल्क पढाउन विशेष याेजना ल्याईएकाे बताउनुभयाे ।
विद्यालयले सार्वजनिक गरेकाे छात्रवृत्ति याेजना अनुसार गुरूकुल एकेडेमि तुलसीपुरकाे फेशवुक पेजमा साे कार्यक्रममा सहभागिताका लागि आवेदन फाराम राखिएकाे छ।
साेही फाराम भरेर कक्षा ६ देखि ९ सम्म निशुल्क अध्ययन गर्न चाहाने विद्यार्थीले आवेदन दिन सकिने प्रधानध्यापक गिरीले जानकारी दिनुभयाे । उहाँका अनुसार प्राप्त आवेदनमध्यबाट ४ जिपिए ल्याउने नेपाल सरकारले ताेकेकाे मापदण्ड अनुसार १० प्रतिशत बिद्यार्थीलाई यातायात र खाना खाना बाहेक अध्ययन गर्न अन्य कुनै पनि शुल्क लाग्ने छैन ।
विद्यालयले किताबी ज्ञानले मात्र विद्यार्थीले पूर्णता नपाउने भन्दै व्यवहारीक ज्ञानमा जाेड दिदै आएकाे छ । माटाे सुहाउँदाे ज्ञान प्रदान गर्ने उदेश्यले तुलसीपुर-६ गाेलाैराबाट पनि शैक्षिक सत्र २०८१ बाट अध्यापन सुरू हुन लागेकाे बिद्यालय पुर्ण प्रबिधिमैत्री कक्षा निर्माण,स्विमिङ पुल,फुटसल लगायतकाे सुबिधा सहित तीन विगाह क्षेत्रफलमा फैलिएकाे छ। हरेक कक्षामा २५ जना मात्र विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेकाेमा बिहीवार र शुक्रबार अतिरिक्त क्रियाकलापमा ईच्छा अनुसार विभिन्न कल्वमा सहभागिता जनाउन सकिने विद्यालयले जनाएकाे छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्