राेेटरी क्लब दाङकाे आयाेजनामा हाजिरी जवाफ कार्यक्रम सम्पन्न – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

राेेटरी क्लब दाङकाे आयाेजनामा हाजिरी जवाफ कार्यक्रम सम्पन्न

    मा प्रकाशित

दाङ, ११ फागुन ।
राेटरी क्लब दाङकाे आयाेजनामा सम्पन्न घाेराही उपमहानगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियाेगितामा मेचीकाली सेकेन्डरी मावि प्रथम भएकाे छ ।

अन्तराष्ट्रिय रोटरी दिवसको अवसरमा आयोजित घोराही उपमहानगरपालिका स्तरीय “विष्णु प्रसाद घिमिरे स्मृति अन्तर माध्यमिक विद्यालय” हाजिरीजवाफ प्रतियोगितामा मेचीकाली सेकेन्डरी माविका विद्यार्थीहरू प्रथम भएकाे हुन् ।

त्यस्तै प्रतियोगितामा गाेेरख इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलकाे समूह द्वितीय र माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुलकाे समूह तृतीय भएका थिए ।

प्रथम हुने समूहलाई दस हजार, द्वितीय हुने समूहलाई सात हजार र तृतीय हुने समूहलाई चार हजारका साथै प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएकाे थियाे ।

प्रतियोगितामा २७ वटा विद्यालय सहभागी भएका थिए ।

क्लबका अध्यक्ष प्रदिप मजगैंयाकाे अध्यक्षता तथा घाेराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश पाण्डेकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रम संयाेजक राेशन दाहाल थिए ।

क्लबका सचिव भरतराज देवकोटाले कार्यक्रम सञ्चालन गरेका थिए भने हाजिरी जवाफ कार्यक्रमकाे सहजीकरण संयाेजक राेशन दाहालले गरेका थिए ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्