लोकसांस्कृतिक महोत्सवलाई सफल बनाउन दलहरुको ऐक्यवद्धता – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

लोकसांस्कृतिक महोत्सवलाई सफल बनाउन दलहरुको ऐक्यवद्धता

    मा प्रकाशित

हिमाल महरा
घोराही,११ फागुन ।
बाह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धतासहित एक्येवद्धता जनाएका छन् ।

आज शुक्रबार दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मुल आयोजक समितिका संयोजक बसन्त जोशीको अध्यक्षतामा जिल्लामा क्रियाशील राजनीतिक दलहरुका प्रतिनिधिसँग बसेको बैठकमा सहभागीले अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई सफल बनाउन सहयोग गर्ने ऐक्यवद्धता जनाएका हुन् ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल मर्मलाई आत्मसात् गर्दै एभरेस्ट नेपाल कल्चर ग्रुप काठमाडौंको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानीय आयोजनामा फागुन १८ देखि २१ गतेसम्म घोराहीको कृषि सामग्री केन्द्रको खुला मैदानमा बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुन थालेको छ ।

नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि अभियानलाई निरन्तरता दिँदै लोक संस्कृति आदानप्रदान गर्न अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव सहयोग बन्ने संयोजक जोशीले बताएका छन् ।

अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपालसहित १३ देशका करिव ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक प्रस्तुति हुने भएको छ । १८ गते जिल्लाको संस्कृति झल्किने झाकी, भेषभुषासहित घोराही परिक्रमा गरिने भएको छ । महोत्सवमा स्थानीय उत्पादन, लघु तथा घरेलु उद्यम तथा स्थानीय श्रोत साधनमा आधारित उत्पादन सामग्रीक साथै नेवारी, थारु, मगरलगायतका विभिन्न समुदायका मौलिक परिकारका रुपमा रहेका बस्तुहरु समेत प्रदर्शनीमा राखिने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्