प्याब्सन घोराहीको आयोजनामा गणित विषयको तालिम – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

प्याब्सन घोराहीको आयोजनामा गणित विषयको तालिम

    मा प्रकाशित

No description available.दाङ, १२ फागुन ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराहीको आयोजनामा गणित विषयका शिक्षकका लागि एक दिने तालिम सम्पन्न भएको छ । आज दाङको घोराही स्थित सिद्धार्थ एकेडेमीमा गणित विषयका शिक्षकका लागि तालिमको आयोजना गरिएको हो ।

प्याब्सन घोराहीका अध्यक्ष बीरेन्द्र चन्दको अध्यक्षता तथा सिद्धार्थ एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायन तर्तालले प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रका सदस्य तथा एलाइड पब्लिकेसनका लेखक नवराज पाठकले तालिम दिएका थिए ।

उपाध्यक्ष सूर्यबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य विष्णु हामालले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्