काठामाडौँ, १४ फागुन ।
प्रहरी प्रधान कार्यालयले संसद भवनमा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको हो। कार्यालयले उनीहरूको ठाउँमा नयाँ टोलीलाई खटाएको हो।
लघुवित्त पीडितहरू संसद भवनभित्र प्रवेश गरेपछि संसद भवनको सुरक्षाका लागि खटिएका ३२ जना प्रहरीको जिम्मेवारी खोसिएको छ।
आज सोमबार लघुवित्त पीडितहरू संसद भवनमा प्रवेश गरेका थिए। उक्त घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ। समितिको सदस्यमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे छन्।