घोराहीमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव सुरु – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

घोराहीमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव सुरु

    मा प्रकाशित

घोराही, १८ फागुन ।

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवले कला, संस्कृतिको संरक्षण र विकाससँगै अन्तरदेशिय सम्वन्ध विस्तारमा सहयोग पुग्ने बताएका छन् ।

दाङको घोराहीमा सुरुभएको १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री थापाले कला, संस्कृति देश चिनाउने गहना भएको र एकै थलोमा धेरै देशका कलाकर्मीहरु सहभागी भएर कार्यक्रम गर्दा स्थानीयस्तरमा रहेको कला संस्कृतिको अन्तर्राष्ट्रियकरणसँगै अन्तरदेशिय सम्वन्ध समेत प्रगाढ बन्न सहयोग पुग्ने बताएका हुन ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक बसन्त जोशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिङ भारति, नेकपा एमाले दाङका उपाध्यक्ष राममणि पाण्डेय, नेकपा माओवादी दाङका सचिव विश्वराज आचार्य, नेकपा एकिकृत समाजवादीका गुरुप्रसाद महरा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा मसालका जिल्ला संयोजक रामबहादुर जिएम,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विकास लामिछानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एभरेष्ट नेपालको आयोजना तथा दाङ जिल्ला उद्योग बाणिज्य संघको स्थानीय आयोजनामा सुरु भएको लोक सांस्कृतिक महोत्सव फागुनको २१ गतेसम्म सञ्चालन हुने भएको छ । संघका बरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ कार्यक्रमको सहजीकरण दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी र सचिव विकास वलीले गरेका थिए ।

महोत्सवको उद्घाटन पूर्व घोराही बजारमा विभिन्न भेषभुषासहितको ¥याली निकालिएको थियो । ट्राफिक चोकबाट सुरुभएको ¥याली बजारको विभिन्न भागको परिक्रममा गर्दै महोत्सवस्थल पुगेको थियो । अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा कृषि तथा घरेलु उत्पादन, स्थानीय विभिन्न जातजातिसँग सम्वन्धित खानाका स्टलहरु राखिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्