पर्लमा निःशुल्क आँखा शिविर सम्पन्न – Kanika Khabar
Thursday, February 13Nepali News Portal

पर्लमा निःशुल्क आँखा शिविर सम्पन्न

    मा प्रकाशित

दाङ, १८ फागुन ।
दाङको घोराहीस्थित पर्ल एकेडेमीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी शिक्षक तथा विद्यार्थीहरुका लागि निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो ।
विद्यालयको आयोजना तथा घोराहीस्थित रिभिजन आँखा क्लिनिकको प्राविधिक सहयोगमा एक दिवसीय आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ५ सय ७५ जनाले आँखा परीक्षण गराएका थिए ।

शिविरमा दृष्टि विशेषज्ञ नितेश कुवर, अनुपम आचार्य र अप्टिसियन प्रतिभा केसीले आँखा परीक्षण गरेको विद्यालयका प्रिन्सिपल पदम गिरीले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्