दाङ, २० फागुन ।
आजदेखि २० जना राष्ट्रिय सभा सदस्यहरूकाे पदावधि सकिने भएकाे छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत २० जना संसदकाे पदावधि सकिन थालेकाे हाे ।
पदावधि सकिनेमा नेकपा एमालेका ९, नेपाली काङ्ग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाकाे १ र स्वतन्त्र सांसद १ रहेका छन् ।
ककसकाे सकिदै छ पदावधि ?
नेकपा एमाले : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई र विमला राई पौड्याल ।
नेपाली कांग्रेस : रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव ।
माओवादी केन्द्र : विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी ।
एकीकृत समाजवादी : नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा
जसपाबाट प्रमिलाकुमारी यादव तथा स्वतन्त्र सांसद खिमलाल देवकोटा रहेका छन् ।