तरकारीमा आत्मनिर्भर बनाउन कृषकलाई नि:शुल्क तरकारीको बिउ – Kanika Khabar
Friday, February 14Nepali News Portal

तरकारीमा आत्मनिर्भर बनाउन कृषकलाई नि:शुल्क तरकारीको बिउ

    मा प्रकाशित

शिवराज खनाल

दाङ,२० फागुन ।

राजपुरपालिकाले कृषकलाई तरकारीमा आत्मनिर्भर बनाउने  उदेश्यले बेमौसमी तरकारीको  बिउ वितरण गरेको छ।

कृषकहरूको मागका आधारमा पालिकाको कृषि शाखाले नि:शुल्क रुपमा भिन्डी, करेला , बोडी, सिमी, काक्रालगायतका तरकारीका बिउ वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख रिता भण्डारीले बताइन ।  पालिकाले वडा नम्बर १ , २ र ५ गरि प्रत्येक वडामा १३५ जनाका दरले ४०५ जना तरकारी कृषकहरुलाई उन्नत जातको बीउ बितरण गरेको हो ।

बिउ वितरण गर्दै राजपुर गाउपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले व्यवसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरूलाई गाउपालिकाले सहयोग गर्ने बताउँदै उत्पादन वृद्धि गर्न र कृषकहरूलाई व्यवसायिक बन्न आग्रह गरे ।

गाउपालिकाकि उपाध्यक्ष  धनपतीदेबि यादबले पालिकाले कृषकमुखी कार्यक्रम सञ्चालन गरेको बताउँदै व्यवसायिक र बेमौसमी तरकारी उत्पादनमा लाग्न सबै कृषकहरूलाई आग्रह गरिन्। स्थानीय रुपमा उत्पादन भएका तरकारीको बजारीकरणका लागि प्रत्येक हप्ताको शुक्रबारका दिन पालिकाले सबै वडालाई पायक पर्ने गरि वडा नम्बर ५ को जङ्रहवामा  हाटबजार समेत संचालन गर्दै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्